काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २६० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै ७ लाख ९९ हजार १७६ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः २०७८ साल मंसिर २ गते बिहीबार, १०:५५