काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७० हजार ३७५ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना महिला र १६९ जना पुरुष गरी कूल २८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २० लाख ५७ हजार ६९ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १२२ जना र सक्रिय संक्रमित ३ हजार २८६ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १६:४१