काठमाडौंः नेपालमा आज थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

उनीहरु दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १९, १६:४७