काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४४ जनामा पीसीआर परीक्षणमा २ हजार २२० जना र ८०३ जनामा एन्टिजेन परीक्षणमा १३१ जना गरी २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ११२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ८६ जना र सक्रिय संक्रमित १० हजार ५८२ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७६ हजार ९३ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, २०:३९