काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७९८ जनामा पीसीआर परीक्षणमा २ हजार ४४९ जना र ८८६ जनामा एन्टिजेन परीक्षणमा ११० जना गरी २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १२२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७५ जना र सक्रिय संक्रमित १४ हजार ७२४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १६:४०