काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५२५ जनामा पीसीआर परीक्षणमा २ हजार ४८६ जना र १ हजार १४३ जनामा एन्टिजेन परीक्षणमा १३३ जना गरी २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७१ जना र सक्रिय संक्रमित १६ हजार ८२८ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १७:१३