काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४६ जना महिला र १ हजार ७७८ जना पुरुष गरी कूल २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १४ लाख ५६ हजार ३६६ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २ हजार ३८६ जना र सक्रिय संक्रमित ३७ हजार ७८५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, १६:३५