काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७६ हजार ५०० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७६ जना महिला र १ हजार ७५७ जना पुरुष गरी कूल २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १४ लाख ६९ हजार ८१२ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २ हजार ११९ जना र सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १७:१४