काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३३ जना महिला र १६९ जना पुरुष गरी कूल ३०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९८६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २० लाख ३५ हजार ३०१ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १५८ जना र सक्रिय संक्रमित ३ हजार ६१४ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ९ गते शुक्रबार, २०:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook