काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७९ हजार १०० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ३३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएको छैन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २३ लाख २ हजार १७३ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७७ जना र सक्रिय संक्रमित २ हजार ४५४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १६:५३