काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १५९ जना महिला र २०३ जना पुरुष गरी कूल ३६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९१२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २८६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ७८ हजार ८४७ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २६२ जना र सक्रिय संक्रमित ४ हजार ६८१ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २५ गते शनिबार, १६:२२