काठमाडौंः नेपालमा आज थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६ हजार ५९१ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

डा. गौतमका अनुसार आज महोत्तरीका ८९ जना, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३/३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।



प्रकाशित मितिः मंगलबार, असार २, २०७७, १८:५३