काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ जनामा पीसीआर परीक्षणमा ३ हजार ३२ जना र ७८६ जनामा एन्टिजेन परीक्षणमा ९० जना गरी ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १६४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६९ जना र सक्रिय संक्रमित १९ हजार ३८२ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १७:०५