काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०० जनामा पीसीआर परीक्षणमा ३ हजार ४४२ जना र ८९३ जनामा एन्टिजेन परीक्षणमा ११४ जना गरी ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १७६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६५ जना र सक्रिय संक्रमित २२ हजार ४३४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १९:०७