काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १५९ जना महिला र २४४ जना पुरुष गरी कूल ४०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८८५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ५२ हजार ९०३ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३४२ जना र सक्रिय संक्रमित ५ हजार २८९ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १७:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook