काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६३ हजार १९३ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना महिला र २६५ जना पुरुष गरी कूल ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८९९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ६४ हजार १६० पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३४२ जना र सक्रिय संक्रमित ५ हजार १३३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २२ गते बुधबार, १६:२९