काठमाडौंः नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज अर्घाखाँचीका ७४, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ तथा ललितपुर, नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।


७५ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, १६:३७