काठमाडौंः नेपालमा आज थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ हजार ७६० जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

आजै नेपालमा थप ६१ जना कोरोनामुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै ९७४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।


प्रकाशित मितिः ३२ जेठ २०७७, आइतबार, १७:०१