काठमाडौंः नेपालमा आज थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ हजार २७४ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार २७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

डा. गौतमका अनुसार आज गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११/११ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै, डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८/८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४/४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३/३ जना, उदयपुर र रुपन्देहीमा २/२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १/१ जना संक्रमित भेटिएका छन् ।



प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, १८:२०