काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६१ हजार १९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १५३ जना महिला र २७३ जना पुरुष गरी कूल ४२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३६७ जना र सक्रिय संक्रमित ६ हजार ४८ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, १९:०७