काठमाडौंः नेपालमा आज थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६ हजार २११ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

डा. गौतमका अनुसार आज नयाँ थपिएका संक्रमितमा ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन् ।


प्रकाशित मितिः सोमबार, असार १, १९:३६