काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १२ हजार ७७२ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज बाजुराका ६३ जना, महोत्तरीका ५६ जना, गुल्मीका ३८, प्युठानका ३५, दाङका ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटका १७/१७ जना, डोटीका १३, रुपन्देहीका १२ र धनुषाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


त्यस्तै, कपिलवस्तुका ८ जना, उदयपुर, तनहुँ र अर्घाखाँचीका ६/६ जना, कास्कीका ५, खोटाङका ४ र झापा, दोलखा, पर्वत, म्यादी र पाल्पाका २/२ जना तथा सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला र डडेल्धुरामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

आज नयाँ थपिएका संक्रमितहरुमा १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । हालसम्म १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष गरी १२ हजार ७७२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, १६:३६