काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख ६७ हजार १६ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३ हजार ४९० जना र सक्रिय संक्रमित ४६ हजार ६९१ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १६:४०