काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर परीक्षणमा ४ हजार ३६४ जना र १ हजार ९ जनाको एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५८ जना र सक्रिय संक्रमित २६ हजार २२५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १७:२७