काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६० हजार ५९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २०४ जना महिला र ३०७ जना पुरुष गरी कूल ५११ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख २६ हजार ४७७ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३६२ जना र सक्रिय संक्रमित ६ हजार ३०० जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, १६:५४