काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५८८ जनामा पिसिआर गर्दा ४९० जना र ५६४ जनामा एन्टिजेन परीक्षण गर्दा ४४ जनालाई कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६६ जना पुगेको छ ।


आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २३ लाख २९ हजार ५४७ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६८ जना र सक्रिय संक्रमित ४ हजार ३८४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २ गते बिहीबार, १७:१३