काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज प्युठानका ५० जना, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, तथा महोत्तरी र झापा १२/१२ जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ तथा रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १६:३७