काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० जना पुगेका छन् ।

कोरोना भाइरसका कारणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख ९८ हजार १७९ पुगेको छ ।

 


प्रकाशित मितिः ११ कार्तिक २०७७, मंगलबार, १६:४७