काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २२३ जना महिला र ३६५ जना पुरुष गरी कूल ५८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७८८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६२० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १८ लाख ७० हजार ८३० पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४२१ जना र सक्रिय संक्रमित ८ हजार ३३० जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १६:३५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook