काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ५७ हजार २०० जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २३७ जना महिला र ३७१ जना पुरुष गरी कूल ६०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८१६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ३९२ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३६९ जना र सक्रिय संक्रमित ७ हजार ९२ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १६:२४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook