काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २७० जना महिला र ४३८ जना पुरुष गरी कूल ७०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख २१ हजार ३६७ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३६५ जना र सक्रिय संक्रमित ६ हजार ३९६ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १७:३४