काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ५० हजार ९१६ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २९१ जना महिला र ४४५ जना पुरुष गरी कूल ७३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७४३जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १८ लाख ४९ हजार १३६ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४५२ जना र सक्रिय संक्रमित ९ हजार ७५७ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १६:३०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook