काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३०५ जना महिला र ४७७ जना पुरुष गरी कूल ७८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७६५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १८ लाख ६१ हजार ४३० पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४२७ जना र सक्रिय संक्रमित ९ हजार ३१७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १६:२२