काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ८३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यसैगरी, ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनालाई कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ७० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।


। आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २३ लाख ३५ हजार ८४ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७७ जना र सक्रिय संक्रमित ५ हजार ८ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १७:१२