काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७४ हजार ८१० जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४० जना महिला र ४९ जना पुरुष गरी कूल ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ११ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख ९७ हजार २३५ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ५५ जना र सक्रिय संक्रमित ८७२ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७० हजार ९२७ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १६:५५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook