काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ५० हजार १८० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जना महिला र ५८५ जना पुरुष गरी कूल ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ११७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १८ लाख ४३ हजार ५८१ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४५७ जना र सक्रिय संक्रमित ९ हजार ८८१ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, १८:०१