काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३६ जना महिला र ५८ जना पुरुष गरी कूल ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ६८४ जना पुगेको छ ।

मन्त्रालयले संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै आज एकै दिन मृत्यु हुनेको संख्या ६१९ जना थप गरेको छ ।


पछिल्लो २४ घण्टामा ३ हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख ५० हजार २२५ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६३ जना र सक्रिय संक्रमित ९३७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १९:२१