काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७३ हजार १६६ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४२ जना महिला र ५४ जना पुरुष गरी कूल ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ५८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख ३१ हजार ३३० पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७१ जना र सक्रिय संक्रमित १ हजार ६०३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:११