काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३१ जना महिला र ६६ जना पुरुष गरी कूल ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ६१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या २१ लाख ३४ हजार २६१ पुगेको छ ।
।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ६८ जना र सक्रिय संक्रमित १ हजार ५८३ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन ७ गते शुक्रबार, १८:११
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook