काठमाडौंः फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बनको व्यवस्था थप गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन दर्ता गरेको छ ।

संसदीय दलका पदाधिकारी तथा मस्यौदा समिति सभापतिसँग परामर्शपछि एमालेका तीन जना सांसदले नियमावलीमाथि संशोधन दर्ता गराएका हुन् ।

एमालेका सांसदत्रय भैरवबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले नियमावलीमा संशोधन दर्ता गराएका हुन् ।

समिति घटाउन संशोधन
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श महाशाखाका अनुसार संशोधन दर्ताका लागि तोकिएको समयसीमामा छवटा संशोधन दर्ता भएका छन् ।


। तीमध्ये नेपाली काँग्रेसले प्रस्तावित समिति सङ्ख्या घटाउन माग गरेको छ ।

१० वटा समिति प्रस्तावित रहेकामा काँग्रेसले सातवटा बनाउन माग गरेको छ । काँग्रेसका तर्फबाट डा. मीनेन्द्र रिजालले दर्ता गरेको संशोधनमा यसअघि प्रतिवेदनमा समेटिएका फरक मतका विषय छन् । गोरखापत्र दैनिकमा खबर छ ।