काठमाडौंः थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।


प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १०:३३