काठमाडौंः थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपाल आज तीन अंकका लागि मैदान उत्रनेछ । नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।

मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।



प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, ०८:३०