भक्तपुरः सूर्यबिनायक नगरपालिका–८, सिपाडोलमा अवस्थित दक्षिणकाली मन्दिरको संरक्षण तथा विकास गर्ने उद्देश्यले २०७६ साल भाद्र २१ गते गठित दक्षिणकाली मन्दिर संरक्षण तथा विकास समितिको अध्यक्षमा दशरथ थापा चयन भएका छन् ।

शनिबार सम्पन्न समितिको प्रथम साधारणसभा तथा अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विश्वराम थापा, सचिवमा उर्मिला पन्त थापा र कोषाध्यक्षमा बद्रि थापा रहेका छन् । यस्तै, सदस्यहरुमा कृष्णहरि थापा, केदार थापा, सरिता थापा, सरस्वती लोहला, रिता लोहला, मदन थापा, सुनिता थापा, रुपा थापा र बालकृष्ण के. सी. रहेका छन ।


कार्यक्रमको उद्घाटन सूर्यबिनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा मगरले गरेका थिए । यस्तै, सोही दिन समितिको कार्यालयको पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा मन्दिरका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गरिएको नवनिर्वाचित उपाध्यक्ष थापाले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, ०६:५२