काठमाडौंः दक्षिण अफ्रीकाका चर्चित ब्याट्सम्यान एबी देभिलर्सले अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन्। ४ दिन अघि सम्म रोयल च्यालेन्जर बंगलोरबाट आइपिएल खेलेका देभिलर्सले अप्रत्याशित रुपमा सन्यास लिएका हुन्। ३४ बर्षीय देविलर्सले आफू थकित् भएको भन्दै भिडियो सार्वजनिक गरि आफ्नो सन्यासको घोसणा गरेका हुन् ।

उनले सार्वजनिक गरेको भिडियोमा “आजैबाट आफू सम्पूर्ण अन्तरास्ट्रिय खेलबाट सन्यास लिने निर्णय गरेको छु । यो एक कठिन निर्णय हो, मैले धेरै समय सोचेर सन्यास लिने मनस्थितिमा पुगेको हुँ, अन्तरास्ट्रिय स्तरबाट सन्यास लिए पनि क्रिकेटका अरु खेलहरुमा सम्लग्न भइ राख्ने छु ।


। ” भनेका छन् । देविलर्सले ११४ टेस्ट, २२८ एक दिवसीय र ७८ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन् ।