काठमाडौंः नेपालका उदयमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पुगेका छन् ।

बिहीबार भएको सेमिफाइनल खेलमा प्रिन्सले श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६–२१, २१–१५, २१–१८ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।

दुवई ईन्टरनेशनलका विजेता प्रिन्सले अब उपाधिका लागि प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नासँग खेल्ने छन् ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १४:३१