काठमाडौंः यो वर्षको दशैं किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको समाचार आजको कान्तिपुरले पन्ध्रौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, यो यही असोज १ गतेदेखि १५ गतेसम्म बैंक र वित्तीय संस्थाबाट झिकिएको पैसा हो ।

दशैं–तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ । अहिले पनि त्यही भएको हो ।

अन्य अवस्थामा भन्दा दशैं–तिहारलगायत ठूला चाडबाडमा मानिसको उपभोग प्रवृत्ति बढ्छ । यसकारण यो समयमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप धेरै झिकिन्छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०७:२०