काठमाडौंः यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर १९ मिनेटमा लगाउन उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते सोमबार बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।

विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने बिहान १०ः११ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस्तै, कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ मिनेटमा तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १४:१८