काठमाडौंः हिन्दू नेपालीहरुको महान चाड दशैंको बिदामा पनि सर्वसाधारणले बैंकिङ सेवा लिन पाउने भएका छन् ।

दशैंमा लगातार पाँच दिनसम्म सरकारी बिदा हुँदा सर्वसाधारण समस्या पर्न सक्ने भन्दै बैंकहरुले यस्तो सुविधा प्रदान गर्ने भएका हुन् ।

शनिबार फूलपातिका दिनदेखि बुधबारसम्म दशैंको सार्वजनिक विदा परेको छ ।

बैंकका सबै शाखाहरु भने सञ्चालन हुने छैनन् । उपत्यकाभित्र र उपत्यका बाहिरका प्रमुख शहरहरुका शाखा कार्यालय खोल्ने बैंकहरुले जनाएका छन् ।

सर्वसाधारणलाई रकम झिक्न तथा जम्मा गर्ने उद्देश्यले दशैं बिदामा शाखाहरु सञ्चालन हुने भएका हुन् ।

कृषि विकास बैंक

कृषि विकास बैंकले असोज १९, २० र २२ गते सल्लाहघारी, बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाईघाट, लहान, राजविराज, सिरहा, शिवचोक, बर्दिबास, मलंगवा, जलेश्वर, लगनखेल, पुलतीसडक, चाबहिल, कालिमाटी, घोराही, धनगढी र सुख्खड महेन्द्रनगर शाखा कार्यालय खुला रहनेछन् ।


यस्तै असोज १९ र २२ गते वीरगन्ज शाखा खुल्ला हुनेछ भने २० गते चितवनस्थित हाकिमचोक शाखा पनि खुला रहनेछ । यसैगरी कर्पोरेट बैंकिङ रामशाहपथ १९ र २० गते खुल्नेछ ।

भक्तपुरको गठ्ठाघर, बालाजु, नयाँबानेश्वर, सातदोवाटो, कलंकी, पोखरा, सिद्धार्थनगर, खस्यौली शाखा भने तिहारको बिदामा मात्र खुल्नेछन् । दशैको विदामा खुल्दैनन् । यी सबै शाखा ११ बजेदेखि २ बजेसम्म नगद जम्मा र भुक्तानीका लागि खुल्ने बैंकले जनाएको छ ।

सेञ्चुरी कर्मसियल बैंक

पुतलीसडक शाखा असोज १८, १९ र २२ गते संचालन हुनेछ। न्यूरोड शाखा १८ र १९ गते तथा मानभवन शाखा १८ गते संचालन हुनेछ।

उपत्यकाबाहिर पोखरा, बिराटनगर, बिर्तामोड, जनकपुर र धनगढी शाखा १८ र १९ गते संचालन हुनेछन्। मलंगवा, राजविराज र विरगन्ज शाखा १८ गते खुल्नेछन्। टिकापुर शाखा १८, १९ र २२ गते खुल्नेछ। इटहरी र भैरहवा शाखा १९ गते संचालन हुनेछ।

प्रभु बैंक

बबरमहल, कमलादी, जनकपुर, इटहरी, दमक, धरान, सिराहा, पोखराको न्यूरोड शाखा १८, १९, २० र २२ गते चारै दिन खुल्नेछन्।

जावलाखेल, गोंगबु, न्यूरोड, सूर्यविनायक, कोटेश्वर, कालिमाटी, बौद्ध, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, कलैया, बिराटनगर, बागलुङ र धनगढी शाखा १८, १९ र २० गते खुल्नेछन्।

माछापुच्छ्रे बैंक

१८ गते बुटवल, बनेपा, दमौली, लाजिम्पाट, महेन्द्रपुल र नेपालगन्ज शाखाहरु खुल्नेछ। १९ गते भैरहवा, पुतलिसडक, बिराटनगर, न्यूरोड, राजबिराज, बगर, भक्तपुर, बनेपा, वीरगन्ज, बिर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड र महेन्द्रपुल र नारायणगढ शाखा खुल्नेछ।

२० गते पाटन, बर्दिबास, बीरगन्ज, दमौली, जनकपुर, मिर्चैया तथा इटहरी शाखा संचालन हुनेछ। त्यस्तै २२ गते न्यूरोड, महेन्द्रपुल र नेपालगन्जका शाखा संचालन हुनेछ।

सिटिजन्स् बैंक

दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैसेपाटी, विराटनगर, वीरगन्ज, जनकपुर नारायणगढ, पोखरा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । दरबारमार्ग र कुमारीपाटी शाखा भने २१ गतेपनि खुला रहनेछन् ।

मेगा बैंक

१८ गते कमलादी, ठमेल, जावलाखेल, बौद्ध, महाराजगन्ज, न्यूरोड, सिर्जनाचोक (पोखरा), ओखलढुंगा, भोजपुर, देवकोटाचोक (बिराटनगर), इटहरी, आदर्शनगर (वीरगन्ज), नारायणगढ, भैरहवा, बुटवल, बिर्तामोड, धनगढी र नेपालगन्ज शाखा खुल्नेछ।

१९, २० र २२ गते कमलादी, ठमेल, सिर्जनाचोक, देवकोटा चोक, आदर्शनगर, भैरहवा, बुटवल, बिर्तामोड, धनगढी र नेपालगन्ज शाखा संचालन हुनेछ। २१ गते कमलादी शाखा संचालन हुनेछ।

जनता बैंक

१८ गते नयाँ बानेश्वर, १९ गते न्यूरोड, महेन्द्रनगर र कन्चनपुर शाखा संचालन हुनेछ। ती दुवै दिन संचालन हुने शाखाहरुमा वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा र धनगढी शाखाहरु संचालन हुनेछन्।

स्ट्याण्डर्ड चार्टड बैंक

नयाँ बानेश्वर शाखा १९ र २२ गते साढे ९ देखि साढे १२ बजेसम्म, लाजिम्पाट शाखा २० र २२ गते साढे ९ देखि साढे १२ बजेसम्म, ललितपुर शाखा १९ र २० गते ११ देखि २ बजेसम्म, न्युरोड र बुटवल शाखा २० गते ११ देखि २ बजेसम्म, विराटनगर र न्युरोड पोखरा शाखा १९ र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।

यस्तै बौद्ध शाखा र नारायणगढ शाखा १९ गते २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । नेपालगन्ज, वीरगन्ज र धरान शाखा १९ गते ११ देखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंक

उपत्यकाभित्र हात्तीसार र न्यूरोड शाखा १८, १९, २० र २२ गते खुल्नेछन्। कुमारीपाटी शाखा १८ र १९ गते तथा तीनकुने शाखा १८ गते खुल्नेछ।
त्यस्तै उपत्यकाबाहिर दमक, बिर्तामोड, धरान, नारायणगढ, बुटवल, भैरहवा शाखा १८ गते खुल्नेछन्।

बिराटनगर, पोखरा र वीरगन्ज शाखा १८, १९ र २० गते खुल्नेछन्। २२ गते वीरगन्ज, पोखरा र नेपालगन्ज शाखा संचालनमा आउने छन्। धनगढी, टिकापुर, घोराही, नेपालगन्ज, जनकपुर शाखा १८ र १९ गते संचालन हुनेछन्। इटहरी शाखा १९ गते संचालन हुनेछ।

एनआइसी एसिया बैंक

१८ गते सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगन्ज, न्यूरोड, थापाथली, भक्तपुर र थानकोट शाखा खुल्नेछ। १९ गते सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड, महाराजगन्ज र थापाथली शाखा खुल्नेछ। २० र २२ गते बालाजु, कमलादी, न्यूरोड र थापाथली शाखा खुल्नेछ। भक्तपुर शाखा २२ गते खुल्नेछ।

१८ गते धनगढीको चौराह, बुटवल, पोखराको न्यूरोड तथा लेकसाइड र हेटौंडा शाखा खुल्नेछ। १९ गते बुटवल, नेपालगन्ज, पोखरा न्यूरोड, कावासोटी, वीरगन्ज, लाहान, जनकपुर, सिराह, मलंगवा, चन्द्रनिगाहपुर, बिराटनगर, इटहरी, दमक र नारायणगढ शाखा खुल्नेछ।

२० गते धनगढी, बुटवलको हस्पिटललाइन, पोखराको न्यूरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, बिराटनगर, धरान, हेटौंडा, शाखा खुल्नेछ।  २२ गते बागलुङ, बुटवल, नारायणगढ, पोखराको न्यूरोड शाखा खुल्नेछ।

नेपाल बंगलादेश बैंक

बिजुलीबजार, कमलादी, कुमारीपाटी, बीरगन्ज, बिराटनगर, नेपालगन्ज, जनकपुर शाखा १८, १९, २० र २२ गते खुल्नेछ। कुमारीपाटी शाखा

ग्लोबल आइएमई बैंक

कान्तिपथ शाखा १८, १९, २० र २२ गते खुल्नेछ। लगनखेल तथा चाबहिल शाखा १८ र १९ गते खुल्नेछन्। न्यूरोड शाखा १८, १९ र २० गते खुल्नेछ।

उपत्यकाबाहिर बागलुङ, बुटवल, नारायणगढ, पोखरा शाखा १८ र १९ गते खुल्नेछन्। बिराटनगर र वीरगन्ज शाखा १८, १९ र २२ गते खुल्नेछन्।

कुमारी बैंक

पुतलीसडक शाखा १८ र २० गते तथा न्यूरोड शाखा १८ र २२ गते खुल्नेछन्। कुमारीपाटी, जगाति र बुटवल शाखा १८ गते खुल्नेछन्।

हिमालयन बैंक

१८ गते ठमेल, न्यूरोड, महाराजगन्ज, पाटन तथा पोखरा, १९ गते ठमेल, महाराजगन्ज, पाटन, न्यूरोड, २२ गते ठमेल, न्यूरोड र पाटन शाखा खुल्नेछ।

नेपाल इन्भेष्टमेन्ट बैंक

१८ र १९ र २२ गते दरवारमार्ग, पुल्चोक, न्यूरोड, पुतलिसडक, नयाँ बानेश्वर, ठमेल, कालिमाटी, बौद्ध, गोंगबु, बत्तिसपुतली, धुम्बाराही, सिपाडोल, नक्साल, कीर्तिपुर शाखा खुल्नेछ। १८ र १९ गते वीरगन्ज, भैरहवा, बुटवल, बिराटनगर, पोखरा, नारायणगढ, जनकपुर, नेपालगन्ज र धनगढी शाखा खुल्ने छन्। २० गते दरवारमार्ग, पुल्चोक, सिपाडोल र कीर्तिपुर शाखा तथा २१ गते दरवारमार्ग शाखा खुल्ला रहनेछ।

नविल बैंक

तीनधारा शाखा टिकाको दिनबाहेक अरु दिन खुल्ला रहनेछ। महाराजगन्ज, बालाजु, त्रिपुरेश्वर र न्यूरोड शाखा १८ गते खुल्ला रहनेछन्। उपत्यकाबाहिर हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, वीरगन्ज, नेपालगन्ज, नारायणगढ तथा बिराटनगर शाखा १८ गते खुल्ला रहनेछ।

सिभिल बैंक

१८, १९ र २० गते तीनै दिन मुख्य कार्यालय र कमलादी शाखा खुल्नेछ। १८ गते न्यूरोड, जावलाखेल, इटहरी, भैरहवा, नारायणगढ, बनेपा, धनगढी, नेपालगन्ज शाखा खुल्ला रहनेछ। १९ गते न्यूरोड, जावलाखेल, वीरगन्ज, बिराटनगर, इटहरी, पोखरा, भैरहवा र नारायणगढ शाखा खुल्नेछ। २० गते वीरगन्ज, बिराटनगर, पोखरा शाखा खुल्नेछ।

एनसीसी बैंक

न्यूरोड र टेकु असोज १८, १९, २० र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछ ।

बैंक अफ काठमाडौं

कुमारीपाटी शाखा १८, १९, २०, २१ र २२ गते १ बजेदेखि ३ बजेसम्म खुला रहनेछ भने न्युरोड, जावलाखेल र भक्तपुर शाखा १८ र १९ गते १० देखि ३ बजेसम्म खुला रहनेछन् ।

नेपालगन्ज, धनगढी, पोखरा, विराटनगरको नेपाल आयल निगमको काउन्टर, अमलेखगञ्ज र थानकोट आयल निगमको काउन्टर १८ गते १० देखि ३ बजेसम्म खुला रहनेछन् ।

सनराइज बैंक

गैरीधारा, गावाहल शाखा १८ देखि २२ गतेसम्म १२ देखि २ बजेसम्म खुला रहनेछन् । यस्तै भक्तपुर १८ र १९ गते ११ देखि १ बजेसम्म र न्यूरोड शाखा १९ र २० गते १० देखि १२ बजेसम्म खुला रहनेछन् ।

उपत्यका बाहिर वीरगञ्ज शाखा १८, १९, २० र २२ गते १० देखि १२ बजेसम्म खुला रहनेछन् । गाईघाट शाखा १९ र २० गते, गौर शाखा २० गते र विराटनगर, नारायणगढ, धनगढी, महेन्द्रनगर, नेपालगन्ज शाखा १९ र २० गते खुला रहनेछन् । पोखरा शाखा भने १८ र १९ गते खुला रहने बैंकले जनाएको छ ।

एनएमबी बैंक

एनएमबी बैंकको कान्तिपथ, चिप्लेढुङ्गा पोखरा, विराटनगर मोरङ, फिदिम र बुटवलस्थित ट्राफिक चोक शाखा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् ।

सानिमा बैंक

सानिमा बैंकको प्रधान कार्यालय नक्साल, कुमारीपाटी, न्युरोड, सूर्यविनायक, इटहरी, जनकपुर, दमक, धनगढी, नारायणगढ, नेपालगञ्ज, पोखरा, विर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, सुर्खेत, हेटौंडा शाखा असोज १९ र २० गते ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, १३:५८