काठमाडौंः लतिलपुरका शसिन डङ्गोल र दिपेश शाक्यको जोडी किङ्गकम क्लब बानेश्वरको आयोजनामा भएको दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन भएका छन् ।

सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै च्याम्पियन भएका हुन् ।

विजेता र उपबिजेताले नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे ।

तेश्रो स्थानमा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।


भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठको जोडीले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो स्थामा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता, पूर्व उप प्रधान मन्त्री एवं संघीय संसदका सांसद् प्रकाशमान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, बागमती प्रदेशका सांसद् दिपेन्द्र श्रेष्ठ र राजेन् गुरुङ्ग लगायतले पुरस्कार बितरण गरेका थिए ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ०८:५३