दाङः तुल्सीपुर उपमहानगरपालिका–५ गोदाममा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अर्की एक बालिका घाइते भएकी छिन् ।

मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका–७ शिवनगरकी १२ वर्षीया विजिता के.सी. रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

प्रहरकिा अनुसार आज बिहान पौने १० बजे स्कुल जाँदै गरेका २ बालिकालाई रा १ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा के.सी. घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएकी १४ बर्षीया मनिषा वलीको सोही अस्पतालमा उपचार भैरहेको छ ।


उनीहरु दुवै जना तुलसी आवासिय माध्यामिक विद्यालय तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।

ठककर दिने ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः बिहीबार, पुस ३, १२:५५